एमसीसी र बीआरआईबाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने सभामुखको भनाइ

298 पटक पढिएको

१६ भाद्र २०८०, शनिबार १४:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनु भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट कसरै धेरै फाइदा लिने भन्नेबारेमा गम्भीरतासाथ सोच्नुपर्ने बताउनु भएको हो।

उहाँले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

‘एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेका छन्, बीआरआईको बारेमा त्यस हिसाबको चर्चा नचले पनि हामीले बीआरआई प्रोग्रामलाई राष्ट्र र जनतको हितमा कसरी प्रयोग गर्ने यो एउटा सोच्नुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो।

भौगोलिक विकटाका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने उहाँको भनाइ छ । दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै सभामुख घिमिरेले यसका लागि सबै दलहरु मिल्नुपर्ने बताउनुभयो।