संविधानमा भएको व्यवस्था बमोजिम रेशमलाई माफी दिइएको प्रधानमन्त्रीको भनाइ

76 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीकी धर्मपत्नीको जीवन रक्षका लागि सरकारले औषधी उपचार र आर्थिक व्यवस्थान गरेको जानकारी दिनुभएको छ। सोमबार संघीय संसद बानेश्वरमा सांसद एकनाथ ढकालले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अधिकारीलाई सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको दाबी गर्नुभएको हो ।

‘द्वन्द्वकालीन घटनालाई व्यवस्थापन गर्न सरकारले सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगले काम गरिरहेको छ । गंगामाया अधिकारीको जीवनरक्षाका लागि सरकारले उचित व्यवस्था गरेको छ’, उहाँले भन्नुभयो, ‘अधिकारीको स्वास्थ्य राम्रो रहेको अस्पतालले जानकारी दिएका छन् । सरकारले अहिलेसम्म ३७ लाख ४७ हजार उपलब्ध गराइएको छ ।’

साथै उहाँले संविधान र कानुनमा भएको व्यवस्था बमोजिम नै रेशम चौधरीलाई सजायमा माफी दिएको जिकिर गर्नुभयो ।