वर्षातका कारण जनधन गुमाएकालाई सरकारले राहतको व्यवस्था गर्नुपर्छः जनार्दन शर्मा

98 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

उपमहासचिव शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यही भाद्र १७ गते हावाहुरीसहितको अविरल वर्षाका कारण मृत्यु भएको रुकुममा दुई बालिबालिका र जाजरकोटका एक जनाको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले त्यसक्रममा त्यहाँ मुख्यबालीको रुपमा रहेको मकैबाली पनि नष्ट भएकाले उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उपमहासचिव शर्माले पीडितलाई राहत दिने काममा स्थानीय सरकार लागि परेपनि संघीय सरकारले अझै पहल नगरेको गुनासो समेत गर्नुभयो ।

उपमहासचिव शर्माले प्रदेश सरकारले पनि सो घटनाका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउने विश्वास व्यक्त गर्नुभयो