भुकम्पमा परि कम्तिमा २,०१२ व्यक्तिको मृत्यु, १,४०४ को अवस्था गम्भीर ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको सुन्दर शहर माराकेश बन्यो खन्डहर

682 पटक पढिएको

२४ भाद्र २०८०, आईतवार ०७:१२ सम्पादक: धादिङ न्यूज

ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको मोरक्कोको सुन्दर शहर माराकेश यतिखेर खन्डहर बनेको छ।स्थानिय समयनुसार शुक्रबार राती ११ बजे गएको दशकयताकै सबैभन्दा भयानक ६.८ म्याग्निच्युडको भूकम्पका कारण यो सुन्दर शहर खण्डहर बनेको हो। भुकम्पमा २,००० भन्दा बढी मानिसको मृत्यु भएपछि उद्धारकर्ताहरूले मोरक्कोको दुर्गम पहाडी क्षेत्रहरूमा भग्नावशेष खन्ने प्रयास गरिरहेका छन्।

भुकम्प जानु अगाडीको ऐतिहासिक माराकेश शहरको दृश्य

संयुक्त राज्य भूगर्भ सर्वेक्षण (USGS) का अनुसार ६.८ म्याग्निच्युडको भूकम्पले मोरक्कोको एटलस पर्वत शृङ्खलालाई स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेपछि (६ बजे ET) १८.५ किलोमिटर (११.४ माइल) को तुलनात्मक रूपमा कम गहिराइमा हलाएको थियो। लगभग ८,४०,००० मानिसहरूको बसोबास रहेको र लोकप्रिय पर्यटक गन्तव्य रहेको माराकेश शहरको दक्षिणपश्चिमलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो।

“भुकम्पमा परि कम्तिमा २,०१२ व्यक्तिको मृत्यु भएको छ र १,४०४ गम्भीर अवस्थामा छ।” मोरक्कोको राज्य टिभी अल अउलाले आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ।

भूकम्पपछि मोरक्कोमा तीन दिने शोक मनाइने शाही दरबारले जनाएको छ। सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइनेछ ।
मोरक्कोका राजा मोहम्मद छैटौंले पीडितहरूलाई सहायता वितरण गर्न राहत आयोग गठन गर्न आदेश दिएपछि भूकम्प प्रभावित क्षेत्रहरूमा आपतकालीन सेवा खटाइएको छ। साथै जापान, फ्रान्स र युएई लगायतका देशहरूबाट अन्तर्राष्ट्रिय सहायताको प्रस्ताव आएको दरबारले जनाएको छ।