एमाले संसदीय दलको बैठकबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
605 पटक पढिएको
काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहेकोे ठहर गरेको छ।
नेता नेम्वाङको यही भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।







