प्रतिनिधिसभाको बैठक बस्ने, यस्ता छन् कार्यसूची

353 पटक पढिएको

२९ भाद्र २०८०, शुक्रबार १२:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुबास नेम्वाङको निधनबाट ईलाम क्षेत्र नम्बर २ खाली भएको जानकारी गराउने कार्यसूची रहेको छ । यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निकट विदेश भ्रमणबारे संसदमा जानकारी गराउनु हुने पनि कार्यसूचि रहेको छ ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।