मणिपाल शिक्षण अस्पताल तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ

116 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा तोडफोड र चिकित्सकमाथि हातपातमा संग्लन थप ७ जना प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अस्पतालमा आइतबार बिहान उपचारका लागि पुगेकी लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्त र पछि ठूलो हुल आएर चिकित्सकहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालको भौतिक सरचना समेत तोडफोड गरेका थिए ।

सोमबार नै चिकित्सकमाथि हातपातमा संग्लन विनय गुरुङ पक्राउ परेका थिए । उक्त घटनामा शुक्रबार राति थप ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

शुक्रबार पोखरा न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख उपरीक्षक मोहन थापाले बताउनुभयो।

पक्राउ परेका उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन, २०६६ अनुसार अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिने थापाले बताउनुभयो।