एमाले कोशी प्रदेश अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान
431 पटक पढिएको
काठमाडौं। नेकपा एमालेको कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश निर्वाचन कमिटीले अधिवेशनको लागी एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
सार्वजनिक गरेको निर्वाचन तालिकामा आज साँझ ७:१५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र भोली विहान ७ बजेदेखि ४ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ। अहिले आकांक्षीहरुले मनोनयन दर्ता गर्ने कार्य जारी रहेको छ।
नेकपा एमालेले शुक्रबार र शनिबारका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो। तर निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अवस्था भएपछि आइतबारसम्म समय थप गरेको हो।अहिलेसम्म एमाले प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार देखिनु भएको छ।
एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन्। अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ।







