चिकित्सकहरु फेरि बिरोध प्रदर्शनमा

118 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै । काठमाण्डाै मेडिकल कलेज (केएमसी) का एक जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरुले प्रदर्शन गरेका छन् ।

डाक्टरहरुले अस्पताल प्राङ्गण अगाडि बिहान प्रदर्शन गरेका हुन् ।  उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार र अत्याचार अन्त्य गर्न माग गरेका छन् ।

हिजो उपचारका लागि केएमसी पुगेका बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेका अस्पतालले जनाएको छ ।

कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले हिजो पनि सिनामङ्गल क्षेत्रमा प्रदर्शन गरेका थिए । यसअघि पनि पोखराको मणिपाल, लमजुङको लमजुङ अस्पताललगायत देशभरका विभिन्न अस्पतालमा डाक्टरमाथि कुटपिट भएपछि डाक्टर एवम् स्वास्थ्यकर्मीले ५ दिनदेखि सेवा ठप्प पार्दै आन्दोलन गरेका थिए ।

सरकारले सुरक्षित कार्यस्थलको सुनिश्चितता गर्ने र आक्रमणमा संलग्नलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएपछि हिजोदेखि डाक्टर एवम् स्वास्थ्यकर्मी उपचार सेवामा फर्किएका थिए ।