डेंगुको संक्रमणबाट एक जना शिक्षकको मृत्यु
296 पटक पढिएको
काठमाडौं। डेंगु संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।
आज डेंगु संक्रमणबाट दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक शिक्षकको मृत्यु भएको हो।रोल्पा माडी गाउँ पालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँ रोल्पामा अध्यापन गराउँदै आएका थिए ।
डाँगीलाई केही समय अघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा हिजो साँझ मात्रै उपचारका लागि ल्याइएको थियो।







