नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

412 पटक पढिएको

१६ आश्विन २०८०, मंगलवार १६:४० सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु घोषणा गरिएको छ। हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि स्थानीय प्रशासनले कर्फ्युको घोषणा गरेको छ।

बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले दुई समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको जानाकारी दिनुभयो।

आज ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले निकालेको ¥यालीमा ढुंगामुडा प्रहार भएको थियो । त्यसलगत्तै दोहोरो तनाबको स्थीति सृजना हुने लक्षण देखिएपछि कर्फ्यु जारी भएको हो ।