इजरायल र हमासद्वन्द: मृतकका परिवारलाई सरकारले १०/१० लाख दिने
228 पटक पढिएको
काठमाडौं । सरकारले इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
यस्तै आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको गरेको छ ।
इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको मृत्यु भएको छ ।