हवाई भाडालाई नियन्त्रण गर्नका लागि वायुसेवा निगमले जहाज थप गर्नुपर्छ: मन्त्री किराँती

126 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किराँतीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताउनुभएको हो । उहाँले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताउनुभयो ।

मन्त्री किराँतीले निजी कम्पनिहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उहाँले नीजि कम्पनिहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताउनुभयो । कानून भन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारकाही गरिने चेतावनी दिनुभयो ।