सरकारले तोकेको भन्दा बढी हवाई भाडा लिइएको छैन: सुदन किराती

118 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसङ्गतिको हस्तक्षेप राष्ट्रिय ध्वजावाहक (नेपाल एअरलाइन्सले) ले मात्रै गर्न सक्ने दाबी गर्नुभएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलतर्फको टर्मिनल भवनमा राखिएका पसल र बोर्डिङ पास कक्षको अनुगमन गर्दै मन्त्री किरातीले यस्तो बताउनुभएको हो ।

उहाँले टर्मिनल भवनमा राखिएका सामान र हवाई टिकटको भाडा बढी लिएको गुनासो बढेपछि अनुगमन गर्नुपरेको बताउनुभयो । अनुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको उहाँले बताउनुभयो ।