कोशीका मुख्यमन्त्रीलाई जसपाले विश्वासको मत दिने

342 पटक पढिएको

१ कार्तिक २०८०, बुधबार १६:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

संसदीय दलका नेता समेत रहेकी निर्मला लिम्बूले बुधबारको प्रदेशसभा बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताउनुभएको हो ।

त्यसक्रममा उहाँले तत्कालीन एमाले नेतृत्वको सरकारले आफु र आफ्नो पार्टीलाई दलीय हैसियत नदिइ कोशी नामाकरण गरेको आरोप लगाउनुभयो ।