कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाइबढी विश्वासको मत

419 पटक पढिएको

१ कार्तिक २०८०, बुधबार १७:०० सम्पादक: धादिङ न्यूज

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बन्नुभएका कार्कीले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गर्नु भएको हो ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत विपक्षमा ५ मत खस्यो। राप्रपाका एक सांसद अनुपस्थित रहे। संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन्।

यहाँ एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन्।