हमासको आक्रमणमा मृत्यु भएका चार जनाको शव काठमाडौंबाट धनगढी लगियो, ६ को पहिचान गरिँदै

81 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इजरायल–हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीमध्ये काठमाडौं ल्याएका चार जनाको शव धनगढी लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले जनाएको छ ।

दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो ।

काठमाडौं ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो । अन्य ६ जनाको शव पहिचान गर्ने काम भइरहेको छ भने सम्पर्कविहिन विपीन जोशीको खोजी भइरहेको छ ।