त्रिदेशीय टी–ट्वेन्टी क्रिकेटः नेपालसँग यूएई पराजित

228 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चाैथाे जित निकालेकाे छ । शृङ्खलाअन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायाे ।

यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।

अब शृङ्खलाअन्तर्गत समूहकाे अन्तिम खेलमा पर्सि बुधवार हङकङ र यूएईबीच खेल हुनेछ । याे खेल जित्ने टाेली फाइनलमा पुग्नेछ । फाइनल खेल आउँदाे शुक्रवार हुनेछ ।