मनाङ एअरका पाइलट सेढाईँको निधन

141 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको निधन भएको छ ।

गत असोज २७ गते शनिवार हेलिकप्टर दुर्घटनामा परि घाइते भएका उहाँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको मनाङ एअरले जनाएको छ । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

सेढाईँलाई काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाईँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।