घट्यो खसी-च्याङ्ग्राको मूल्य

135 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका-४ कोशी कटानमा गएराति एक प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सप्तरी रुपनी नगरपालिका-२ घर भई कोशी गाउँपालिका-४ कोसी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

रातिको समयमा सुत्ने कोठामा कोही नभएको समयमा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी तनावका कारण प्रहरी जवान मण्डलले आत्महत्या गरेको जनाइएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।