राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक संसद बैठकमा प्रस्तुत गरिने
165 पटक पढिएको
काठमाडौं । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ भोलिको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । बैठकले मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताउनुभयो ।
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा सोमबार छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उहाँले यो विधेयक अगाडि नै आउनुपर्ने भएपनि ढिलो गरेर भएपनि आएको बताउनुभयो । उहाँले छलफल उपलब्धिमुलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद बैठकमा पेस हुने बताउनुभयो ।
समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताउनुभयो ।