मोटरसाईकल चोरीको आरोपमा गंगाजमुनाबाट एक जना पक्राउ

506 पटक पढिएको

१२ मंसिर २०८०, मंगलवार ०६:१८ सम्पादक: धादिङ न्यूज

धादिङ, १२ मंसिर । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ का अमृत बहादुर कार्कीलाई मोटरसाईकल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाकै गंगाजमुना गाउँपालिका वडा नं ६ का को रोशन केसीको बा.प्र.०२.०३८प ७८३३ नम्वरको स्कुटर तथा स्कुटरको डिक्कीमा राखेको चाँदीको सिक्री समेत  मंसिर ७ गते विहान गंगाजमुना वडा नम्बर नं ५ स्थित मझुवाटोलबाट हराएको सूचना प्रहरीलाई दिएपछि खोजतलासको क्रममा हराएको स्कुटर सहित कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

खोजतलासका क्रममा २६ बर्षिय कार्कीलाई मंसिर १० गते फेला पारि पक्राउ गरेर मंसिर ११ गते धादिङ जिल्ला अदालतबाट पहिलो पटक पाँचदिन को म्याद लिई हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।