बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

348 पटक पढिएको

१५ मंसिर २०८०, शुक्रबार १३:१० सम्पादक: धादिङ न्यूज

काठमाडौं । बाँकेको पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौँ आइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।