वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

419 पटक पढिएको

१७ मंसिर २०८०, आईतवार १८:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौं। वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त हुनुभएको छ। वीर अस्पतालका सहायक निर्देशक रहनु भएका थापालाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा।ज्ञानेन्द्र शाहका अनुसार प्रतिष्ठानका उपकुलपति डा।भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्नेगरी थापालाई निमित्त निर्देशक नियुक्त गर्नुभएको हो ।

वीर अस्पतालका तत्कालिन निर्देशक डा सन्तोष पौडेललाई राजनैतिक पार्टीमा आवद्दता देखिएपछि निर्वाचन आयोगले कारबाहीको लागि सिफारिस गरेको थियो। लगत्तै स्वास्थयमन्त्री मोहन बस्नेतले डा।पौडेललाई मन्त्रालय तान्नुभएको थियो ।