विमानस्थलबाट झण्डै ७ किलो सुन बराबद, तीन जना विदेशी नागरिक पक्राउ

64 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ७ किलो सुन बराबद भएको छ । ​

शनिबार राति ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुबईबाट आएका विदेशी नागरिक रहेको जनाइएको छ ।

पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद तथा दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मान रहेका छन् ।

विमानस्थलबाट गत बिहीबार राति पनि फ्लाइ दुबईको उडानबाट आएका दुई जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो ।