अमेरिकाको एटलान्टाम गोलीकाण्डमा तीन जना युवाको मृत्यु

387 पटक पढिएको

२४ मंसिर २०८०, आईतवार १६:२९ सम्पादक: धादिङ न्यूज

एजेन्सी। संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल पुर्याइएको छ।

घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी छ।

गैर-नाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन्।