बारामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप

165 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ ।

नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् । नगरपालिकामा नगरसभाको विषयमा भएको जनप्रतिनिधिबीचको विवादले कर्मचारीले तलब–भत्ता पाउन नसकेका हुन् ।

आज बुधवार बिहान नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकबाट हातपातको प्रयास भएपछि विवाद उग्र बनेको हो । प्रहरीले अवस्था सामान्य बनाउन टियर ग्यास र हवाई फायर गरेको बाराका प्रहरी उपरीक्षक (एसपी)सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।