प्रहरीको गोली लागेर बारामा एक जनाको मृत्यु

146 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

झडपलाई सामान्य बनाउने भन्दै प्रहरीले हवाई फायर गर्दा गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखिया विनको उपचारका क्रममा नारायणी अस्पतालमा आज मृत्यु भएको ।

झडपका क्रममा प्रहरीसहित अरू केही प्रदर्शनकारी घाइते भएका प्रहरी उपरीक्षक ९एसपी० सुरेश काफ्लेले बताउनुभयो । प्रहरीले ३० राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको थियो । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रको बा २ झ ४३५४ नम्बरको गाडीमा तोडफोडसमेत गरेका छन् ।