सुर्तीजन्य पदार्थ बिक्री बितरण रोक्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

161 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

आज शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाभित्र सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको बिक्री बितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको थियो ।