नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी निलम्बित

361 पटक पढिएको

३ पुष २०८०, मंगलवार २०:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी निलम्बनमा परेका छन्। अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न रहेका यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्।

पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए ।

प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले जानकारी दिनुभयो ।