खुला विश्वविद्यालय पढेकाले पनि कानुन व्यवसायीको लागि परीक्षा दिन पाउने अदालतको आदेश

95 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई पनि कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा सहभागी गराउन आदेश दिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्न नेपाल कानुन व्यवसायी परिषद्को नाममा आदेश दिएको हो।

यसअघि परिषद्ले खुला विश्वविद्यालयको पाठयक्रम सीमित प्रकृतिको भएको भन्दै खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यक पर्ने परीक्षामा सामेल हुन रोक लगाएको थियो ।

परिषद्को नियमावली संविधानसँग बाझिएको भनी केही विद्यार्थीले निवेदन दिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो।