एक करोड धेरै घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

163 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक ९इन्स्पेक्टर० अर्जुन पौडेलले जानकारी दिनुभयो ।