बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा घाइते अर्का युवकको पनि ज्यान गयो

131 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ।

आज शुक्रबार ललतिपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो ।

आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको कडायतले बताउनुभयो। निधन हुनेहरुमा सुर्खेतका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेका छन् ।

वीरेन्द्र साहको ठेगाना भने डोटी वा अछाम भन्ने स्पष्ट भइनसकेको उहाँको भनाइ छ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए।