फैसला चित्त नबुझेको भन्दै सन्दीप थप कानुनी उपचारका लागि उच्च अदालत जाने

361 पटक पढिएको

१४ पुष २०८०, शनिबार १८:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत काठमाडौंले शुक्रबार बलात्कार मुद्दामा क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको थियो। अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको बताए।

उनले आफ्नो पक्ष दोषी होइन भन्ने कुरामा आफू विश्वस्त भएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताए। यस्तै उनले काठमाडौं जिल्ला अदालतले यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास व्यक्त गरे। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो।