काठमाडौं जिल्ला अदालतबाट एक जना थुनुवा फरार

130 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट एक जना थुनुवा फरार भएका छन् ।

ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो । उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’ सादा पोशाकमा प्रहरी परिचालन गरिए पनि अहिलेसम्म भेटिएको छैन ।