घुससहित पक्राउ परेकी सब–इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर

340 पटक पढिएको

२२ पुष २०८०, आईतवार १९:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौं। घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २५ हजार घुस लिएको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो।