चितवनमा बोराभित्र शव फेला परेकाको पहिचान खुल्यो

139 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । चितवनमा बोराभित्र शव फेला परेका पुरुष र महिलाको पहिचान खुलेको छ । चितवन प्रहरीले उनीहरू दुवै जना भारतीय नागरिक रहेको खुलेको जनाएको छ । दुवै जना भारतको मोतिहारीका रहेको प्रहरीले जनाएको हो ।
गत मंसिर ६ गते चितवन महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो ।
अन्दाजी २८३० वर्षका महिला र पुरुषको शव भेटिएको तर पहिचान हुन नसकेपछि प्रहरीले उनीहरूको स्केच सार्वजनिक गरेको थियो ।
हुलिया र स्केच सार्वजनिक गरेको करिब डेढ महिनापछि शवको पहिचान भएको प्रहरीले जनाएको छ । शवको पहिचानसँगै उनीहरूको हत्यामा संलग्न व्यक्तिको समेत पहिचान भएको प्रहरीले जनाएको छ ।
हत्या गर्ने व्यक्ति भारतीय नागरिक नै रहेको र उनी भारतमै अर्को हत्यामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ । बयानका लागि नेपाल प्रहरीको टोली भारत गएको छ ।