कोशीको सभामुखमा राप्रपाका सांसद निर्विरोध

473 पटक पढिएको

२४ पुष २०८०, मंगलवार १६:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

उहाँको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए। प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।

झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। कोशी प्रदेशसभाको नेतृत्व गर्ने अवसर पाएका उहाँ प्रदेश सभाको तेस्रो सभामुख हुनुहुन्छ ।