सव–इन्जिनियर राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

100 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको  बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टीकाराज राईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घुस लिएको आरोपमा पक्राउ परेका राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
थपलियाका अनुसार उनीहरूलाई  गत मंसिर १४ गते अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
राई र सुनुवारले आपसी मिलेमतोमा नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ घुस लिएको आयोगको दाबी छ ।