न्यायाधीश गिरीको पत्नीले गरिन् सर्वोच्च बाहिर आत्मदाहको प्रयास

317 पटक पढिएको

२९ पुष २०८०, आईतवार १५:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौं। सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन्। न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन्।

जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए।आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन्। गिरी र रावलबिच विवाद रहँदै आएको छ।