चितवनको भरतपुरमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु
259 पटक पढिएको
काठमाडौं। चितवनको भरतपुरमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ। खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा भरतपुर महानगरपालिका–१५, फूलबारीमा ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान छ। घटनाको थप अध्ययन भइरहेको भण्डारीले जानकारी दिनुभयो ।







