राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

342 पटक पढिएको

१० माघ २०८०, बुधबार १८:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गर्नुभएको हो।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार(आज) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।