नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको छ : शशांक कोइराला

392 पटक पढिएको

१४ माघ २०८०, आईतवार १५:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताउनुभयो । उहाँले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताउनुभयो ।

नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।