प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नयाँदिल्ली प्रस्थान

304 पटक पढिएको

१४ माघ २०८०, आईतवार १९:३० सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ। भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औं वार्षिक उत्सव अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन उहाँ भारत प्रस्थान गर्नुभएको हो।

प्रधानन्यायाधीश श्रेष्ठ आज दिउँसो नेपाल वायु सेवा निगमको विमानमा त्यसतर्फ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो।

प्रधानन्यायाधीश श्रेष्ठसँगै उहाँकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्चका रजिस्ट्रार विमल पौडेल नयाँदिल्ली जानुभएको उप्रेतीले बताउनुभयो।