मालदिभ्समा संसद बैठकमै सांसदहरुबिच हानाहान

262 पटक पढिएको

१५ माघ २०८०, सोमबार ११:०७ सम्पादक: धादिङ न्यूज

काठमाडौं। मालदिभ्समा संसद बैठकमै सांसदहरुबिच हानाहान भएको छ। विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन्।

चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप सुरु भएको हो।

कुटपिटबाट केही सांसदको टाउको फुटेको छ। एक सांसदलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।

मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ। विपक्षी एमडीपीले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेको छ।