आफू नेतृत्व सरकारको केही रेकर्ड र मानक बनेको प्रधानमन्त्रीको दाबी

304 पटक पढिएको

१५ माघ २०८०, सोमबार १४:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षपछि आएको परिवर्तनका विरुद्ध भइरहेको टिप्पणीप्रति संगठित भएर प्रतिवाद गर्न आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्न प्रेस सेन्टरमा आबद्ध सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उनले भन्नुभयो, लामो संघर्षपछि आएको परिवर्तनका विरुद्ध हल्का ढंगले टिप्पणी गर्ने र बदनाम गर्ने कामको निम्ति सोसल मिडिया प्रयोग गर्ने एउटा तप्का लागिरहेको छ। त्यसको प्रतिवाद हामीले संगठित रूपले व्यापक अभियानका रूपमा गर्नु छ। हामीले गर्नैपर्छ। प्रेस सेन्टरमा आबद्ध साथीहरूले मेहनत गर्नुभएको छ, तपाईँहरूले अझै मेहनत गरेर प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी षड्यन्त्र र घेराबन्दीलाई बोल्नको निम्ति भूमिका खेल्नुहुनेछ। मेरो तपाईंहरुप्रति भरोसा बढेको छ।

उहाँले आफू नेतृत्वको सरकारको केही रेकर्ड र मानक बनेको दाबी गर्नुभयो ।