सिन्धुपाल्चोकमा भएको जीप दुर्घटनामा दुई जना विदेशी नागरिकको मृत्यु
300 पटक पढिएको
काठमाडौं। सिन्धुपाल्चोकमा यात्रुबाहक जीप दुर्घटनामा परेको छ। हेलम्बु गाउँपालिका–१ को दोरिङ भिरमा उक्त जीप दुर्घटनामा दुई जना विदेशी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते घाइते भएका छन्।
मृतक दुवै जना भुटानी नागरिक रहेका छन् भने घाइतेमध्ये चार जना भुटानी र एक नेपाली रहेको खुलेको छ।घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाईंदै छ।
काठमाडौंबाट सिन्धुपाल्चोक गएका उनिहरु सवार जीप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।







