आज बस्ने भनिएको माओवादी संसदीय दलको बैठक भोलिका सारियो

417 पटक पढिएको

२१ माघ २०८०, आईतवार १२:१० सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको सरेको छ।

आज बिहान ८ बजे बस्ने भनिएको बैठक भोलि बिहानलाई सारिएको हो। बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनका अनुसार सांसदहरु जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक भोलिका लागि सारिएको बताए।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिनेछ।

भोलि दिउँसो स‌ंसदको हिउँदे अधिवेशन सुरु हुँदैछ।