सरकारी जग्गा हडप्ने जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनुपर्छ: गगन थापा

421 पटक पढिएको

२४ माघ २०८०, बुधबार १७:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कडा कारबाही गर्नुपर्ने बताउनु भएको छ।

प्रतिनिधिसभाको आज जारी बैठकमा बोल्दै थापाले सरकारी जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेलाई कानुनी दायरामा ल्याएरै छाड्नुपर्ने बताउनुभएको हो।

नागरिकता कीर्ते प्रकरणमा मुछिए पनि संसदको महासचिवमा नियुक्त हुनुभएका पद्मप्रसाद पाण्डेयले माफी पाउन नहुने महामन्त्री थापाको तर्क छ। यस्तै सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानुनी कारबाहीमा ल्याउन उहाँले माग गर्नुभयो ।

आजको दिनमा सुशासनको मन्त्र भनेको कानुन र विधिको शासन हुनुपर्ने भन्दै महामन्त्री थापाले सरकारले सहि बाटो समात्दै गयो भने बल्ल नागरिकमा विश्वासको वातावरण बन्ने बताउनु भयो ।