कोशीमा आज आन्दोलन पक्ष र सरकारबीच वार्ता हुँदै

370 पटक पढिएको

२५ माघ २०८०, बिहीबार १२:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशमा आज आन्दोलन पक्ष र सरकारबीच वार्ता हुँदै छ ।

पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच आज वार्ता हुने भएको हो।

आज दिउसो विराटनगरस्थित विग होटलमा वार्ता हुने तयारी रहेको प्रदेश सरकारका वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाएको लामो समयपछि आन्दोलनरत पक्षले बुधबार संयुक्त संघर्ष समितिले वार्ता गर्ने निर्णय गरेको हो। पुनः नामाकरण संघर्ष समितिको बुधबार बसेको बैठकले वार्ता गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिनुभयो ।